खेलकुद देश

साग खेल्ने २० सदस्यीय नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं, कात्तिक २५–मुख्य प्रशिक्षक बालगोपाल महर्जनले साग खेल्ने २० सदस्यीय यु(२३ टिमको घोषणा गरेका छन् । आउँदो मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि पुरुष फुटबल टिमको घोषणा गरिएको हो ।

टोलीमा तीन जना सिनियर खेलाडीहरु बिकेश कुथु, बिक्रम लामा र सुजल श्रेष्ठ पनि समावेश छन् । प्रशिक्षक महर्जनले निकै मेहनत गरिएकाले राम्रो नतिजाका लागि आशावादी रहेको बताएका छन् । उनकै प्रशिक्षणमा नेपालले २०१६ मा बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो।

को-को परे टोलीमा ?
गोलकिपर – बिकेश कुथु, अर्पण कार्की, दीप कार्की
डिफेन्डर – अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल, बिक्रम लामा, विकास खवास, मिक्चेन तामाङ, छिरिङ गुरुङ
मिडफिल्डर – सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेसेहाङ आमदाङ्ग्वे, तेज तामाङ
फरवार्ड – बिमल घर्ती मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, अन्जन बिष्ट

Featured