NRNA खबर देश

प्रतिबद्धता पुरा गरेरै छाड्ने एनआरएनए उपाध्यक्ष लामाको उद्घोष

काठमाडौ, कात्तिक २५–गैर आवासीय नेपाली संघ (एनआरएनए ) का उपाध्यक्ष सोनाम लामाले विश्व सम्मेलनका वेला आफुहरुले गरेका प्रतिवद्धता पुरा गरेरै छाड्ने बताएका छन् । गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलनबाट उपाध्यक्षमा निर्वाचीत भएका लामाले संघको निर्वाचनका वेला गरेको प्रतिबद्धता पुरा गर्ने बताएका हुन् ।

उनले संघलाई विश्वभरिका नेपालीको साझा संस्थाको रुपमा विकास गर्न र सबैले अपनत्व गर्ने गरि अघि बढाइने बताए । उनले संस्थालाई गतिशिल बनाउन सकिन्छ भनेर विजयी भएलगत्तै कार्ययोजना बनाएर काम गर्न लागि परिरहेको भन्दै निर्वाचनमा व्यक्त प्रतिबद्धता पूरा हुनेमा ढुक्क रहन सवैलाई आग्रह समेत गरेका छन् ।

संस्थाको गरिमा, साखलाई जोगाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको भन्दै लामाले संस्थालाई सही ढंगले अगाडि बढाउन अध्यक्ष कुमार पन्तको नेतृत्वले अग्रसरता लिइसकेको समेत उनले स्पष्ट पारे । निर्वाचीत नयाँ कार्यसमितिले बोलेर नभई ब्यवहारमै काम गरेर देखाउने उपाध्क्ष लामाले दावी छ ।

Featured