देश

‘एनसेल सुपर सेलर’का १४ विजेता पुरस्कृत

काठमाडौं, कात्तिक २५–एनसेल प्राइभेट लिमिटेडले हाल सञ्चालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजनाअन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स (पीओएस)रखुद्रा बिक्रेतालाई पुरस्कार वितरण गरेको छ । खुद्रा बिक्रेताहरूले एक कार्यक्रममाझ सोमबार सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ मेसिन पाएका छन् । पुरस्कार विजेताहरूलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ, प्रख्यात क्रिकेट खेलाडी सन्दीप लामिछाने, कलाकार प्रियंका कार्की र गायक शिव परियारले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।

पुरस्कार पाउनेहरूमा रिजन डेरी (बसपार्क), ओम साई राम कम्युनिकेसन (मनमैंजु), सार्प सोलुसन (कलंकी), टीआरएल इलेक्ट्रोनिक सप (नयाँ बजार), एमके स्टोर (सतुंगल), डीआर भिजन सेन्टर (ठमेल, पीपलबोट) र श्री पशुपति इन्टरप्राइजेज (नयाँ बजार) गरी सात खुद्रा बिक्रेताहरूले २४ क्यारेटको १—१ तोला सुन पाएका छन् । यी पीओएसरखुद्रा बिक्रेताले यो योजनाको ‘गोल्ड’ समूहअन्तर्गत सुन पुरस्कार जित्न सफल भएका हुन् ।

त्यस्तै, सिल्भर समूहअन्तर्गत चार खुद्रा बिक्रेताहरू राना स्टोर (मिलन टोल), एनबीटी मोबाइल मर्मत सेन्टर (जोरपाटी), राज इन्टरनेशनल ट्रेडर्स (सामाखुसी) र बिकी इलेक्ट्रोनिक्स् (इमाडोल) ले माउन्टेन बाइक साइकल जित्न सफल भएका छन् । त्यस्तै, न्यू कन्काई स्टोर (नयाँ बानेश्वर) र सरस्वती खाद्य स्टोर (भैंसेपाटी) ले १—१ थान ल्यापटप जित्न सफल भएका छन् । यसै समूहअन्तर्गत दामोदर फ्रेम पसल (बालाजु) ले वासिङ मेसिन जितेका छन् ।

सो अवसरमा एनसेलको उक्त योजनाले खुद्रा बिक्रेताहरूलाई उत्साह प्रदान गरेको र आफूहरू एनसेलसँग आवद्घ हुन पाएकोमा निकै खुशी लागेको पुरस्कृत खुद्रा बिक्रेताहरूले बताए । खुद्रा बिक्रेताहरूलाई लक्षित गरी ल्याएको यो योजना १ चैत २०७५ देखि लागू भएको र आगामी पुस २०७६ सम्म सञ्चालनमा रहने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो योजनामा सामेल हुन खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भीएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नुपर्दछ ।

यस योजनाअन्तर्गत बम्पर उपहारको रूपमा कार, यूरोप टुर प्याकेज र आईफोनसमेत जित्न सकिने कम्पनले बताएको छ । साथै, बम्पर उपहारबाहेक खुद्रा बिक्रेताहरूले निश्चित अंक संकलन गरेपछि बाइक, स्कुटर, ५५ इन्चको स्मार्ट टीभी, एयर कन्डिसनर, आईप्याड, इलेक्ट्रिक ट्रेडमिल, वासिङ मेसिन र ल्यापटपलगायतका विभिन्न उपहारहरू जित्न सक्नेछन् ।

Featured