देश

आलमका सरकारी साक्षीले बयान फेरे

रौतहट, कात्तिक २५–२०६४ सालमा आलम संलग्न बम विस्फोटनमा घाइते भएको भनी प्रहरीसमक्ष बयान दिएका भारतीय नागरिकले (सोमबार) आज जिल्ला अदालत रौतहटको इजलासमा निवेदन दिँदै आफू बम विस्फोटनमा नभई भान्सामा काम गर्ने क्रममा घाइते भएको बताएका छन् ।

शंकर भनिने गौरीशंकर राम चमार सोमबार आलम पक्षका कानून व्यवसायीसँग अदालतमा उपस्थित भएर आफू सन् २००१ मा घरमा खाना पकाउने ग्याँस विस्फोट भएर घाइते भएको बताएका छन् । गौरीशंकरले आफूलाई प्रहरीले शारीरिक र मानसिक यातना दिएर जबर्जस्ती बयान लिएको पनि जिकिर गरेका छन् ।

Featured