देश

विप्लव नेकपाका दुई नेता घन्टाघरबाट पक्राउ

काठमाडौं, कात्तिक २५–नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका दुई नेता काठमाडौंको घन्टाघरबाट पक्राउ परेका छन् । भारतले नेपालको भूभागलाई समेत समेटेर नक्सा जारी गरेको विरोधमा भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका बेला उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्व केन्द्रीय सदस्य मकर गुरूङ, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीका कँडेल रहेका छन् । काठमाडौंको घन्टाघरबाट दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । विप्लवनिकट जनवर्गीय संगठनहरूर्ले यालीसहित आज भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने तयारी गरेको थियो । तर, प्रहरीर्ले यालीअगाडि नै प्रहरीले धरपकड गरेको हो ।

Featured