देश

संसदीय समितिको बैठकमा आएनन् प्रधानमन्त्री ओली

काठमाडौं, कात्तिक २५–प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएका छन् । समितिले भारतले अघिल्लो साता सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक, कालापानीसहितका क्षेत्रसमेत भारतीय नक्साभित्र पारेको विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिको बैठकमा बोलाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिका रूपमा भूमि सुधार तथा व्यवस्थामन्त्री पद्मा अर्याल समितिको बैठकमा पुगेकी छन् । प्रधानमन्त्री ओली स्वास्थ्यका कारण समितिको बैठकमा नआएको समितिका सभापति शशी श्रेष्ठले जानकारी दिएकी छन् । स्वास्थ्यका कारण भनिए पनि प्रधानमन्त्री ओली सोही समयमा बालुवाटारमा पार्टीको सचिवालयको बैठकमा भने सहभागी भएका छन् । सोमबार नै बोलाइएको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको बैठकमा भने परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहभागी भएका छन् ।

प्रधानमन्त्री ओली दोस्रो पटक प्रधानमन्त्रीमा निर्वा्चित भएपछि हालसम्मै संसदीय समितिको बैठकमा सहभागी भएका छैनन् । यसअघि विभिन्न समितिले बैठकमा बोलाए पनि प्रधानमन्त्री ओली अनुपस्थित हुने गरेका छन् । अधिकांश संसदीय समितिमा सत्तारुढ नेकपाको बहुमत रहेको छ ।

Featured