खेलकुद विदेश

स्टिभ रोड्स बंगलादेशी प्रशिक्षक बाट बर्खास्त

ढाका, असार २५ विश्वकप क्रिकेटमा टिमको खराब प्रदर्शनपछि बंगलादेशी क्रिकेट पदाधिकारीले स्टिभ रोड्सलाई प्रशिक्षकबाट हटाएको छ। ‘हामीले एकापसमा छुट्टिने निर्णय गरेका छौं,’ बंगलादेशी क्रिकेट बोर्डका प्रमुख कार्यकारी निजामुद्दिन चौधरीले भनेका छन्, ‘यो निर्णय तुरुन्त लागू हुनेछ।’

बंगलादेशी टिम घर फर्केयता प्रशिक्षक बर्खास्त भएको समाचार आएको हो। बंगलादेशले एकदिवसीय विश्वकपको लिग चरणमा खेलेका ८ मध्ये ३ खेल मात्र जितेका थियो। बंगलादेशको तीनै खेल दक्षिण अफ्रिका, वेस्ट इन्डिज र अफगानिस्तानविरुद्ध जितेको थियो।

एकदिवसीय विश्वकपमा टिमको प्रदर्शन अपेक्षित रहन नसकेपछि रोड्स बर्खास्तगीमा परेक हुन्। बोर्डले अर्को महिना श्रीलंका भ्रमणमा निस्कने बंगलादेशी टिममा रोड्स नरहने पनि जनाएको छ। अर्को महिना बंगलादेशले त्यहाँ तीन एकदिवसीय खेलको शृंखला खेल्दै छ। ‘हामीले श्रीलंका भ्रमणका लागि चाँडै नयाँ प्रशिक्षक घोषणा गर्नेछौं,’ बोर्डका मिडिया कमिटी प्रमुख जलाल जुनिसले भनेका छन्।

गत वर्षको जुनमा मात्र मुख्य प्रशिक्षकको रुपमा रोड्स बंगलादेशी टिमसँग अनुबन्धित भएका थिए। बंगलादेशी बोर्डसँग उनको सम्झौता अर्को वर्षको आईसीसी वर्ल्ड ट्वान्टी–२० सम्म रहेको थियो। विश्वकपमा बंगलादेशको बलिङ प्रदर्शन कमजोर भए पछि बोर्डले टिमका बलिङ प्रशिक्षक कर्टनी वाल्ससँगको अनुबन्ध पनि नबढाउने निर्णय गरेको छ। बोर्डले वाल्ससँग सन् २०१६ मा तीनवर्षे अनुबन्ध गरेको थियो।

Featured