देश

‘ट्रेकिङ’ मा जम्दै नेपाली

काठमाडौं, कात्तिक २४–राजधानीको नियमित किसिमको दैनिकी बिर्साउन हालै मात्र सिभिल इन्जिनियरिङको स्नातक उत्तीर्ण गरेका साथीहरूको टोलीसहित विवेक पण्डितले मार्दी हिमालको आधार शिविरसम्मको ट्रेकिङ पूरा गरे । पाँच जनाको उक्त टोलीको तीन दिने ट्रेकिङले निकै स्फूर्ति मिलेको उनको अनुभव छ । फरक खालको यात्रामा जाने सोचका साथ यसपटक ट्रेकिङ रोजाइमा परेको उनले बताए ।

हेटौँडामा अध्यापन गर्दै आएकी प्रियंका श्रेष्ठ पनि यसपटक बिदाको उपयोग गर्दै विश्वकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो तालसम्मको टे«किङमा जाइन् । तीन जनाको उनको टोलीले यो यात्राका लागि नौ दिन खर्च ग¥यो । त्यसो त श्रेष्ठ हरेक वर्ष एकपटक ट्रेकिङमा निस्कने बताउछन् । ट्रेकिङका क्रममा प्राकृतिक सुन्दरताको आनन्द त छँदै छ त्यसमाथि यसले स्वास्थ्यमा समेत निकै फाइदा गर्छ, उनको अनुभव छ । आफ्नै देश घुम्नुपर्छ भन्ने पे्ररणाले पनि टे«किङमा उत्साहित बनाउने उनले बताए ।

व्यवस्थापनमा स्नातक पूरा गरेपछिको खाली रहेको समय काठमाडौँकी ईशा अर्यालले यसपटक साथीहरूसँग गोसाइँकुण्डको ट्रेकिङ गरेर उपयोग गरिन् । काठमाडौँ आसपासका छोटा दूरीमा नियमित हाइकिङ गर्ने उनी छोटो तयारीमै गोसाइँकुण्ड पुगिन् । गाडीको यात्राभन्दा ट्रेकिङले संघर्षसहित देशको सुन्दरताको प्रत्यक्ष अनुभव गराउँछ, उनले आफ्नो पहिलो टे«किङ अनुभव सुनाए ।

युरोप र अमेरिकी देशका पर्यटकको मुख्य रोजाइमा मात्र पर्ने नेपालको ट्रेकिङ अहिले आन्तरिक पर्यटकको पनि मुख्य आकर्षण बनेको प्रतिनिधि उदाहरण हुन् यी । अन्य किसिमको घुमघामभन्दा धेरै समय लाग्ने खर्चिलो यात्रा हो टे«किङ । काठमाडौँ, पोखरा, सौराहा, इलाम, लुम्बिनीजस्ता सजिलै पुगिने गन्तव्यमा मात्र धेरै आकर्षित हुने नेपाली संघर्षसहितको टे«किङमा जाने प्रवृत्ति विगत केही वर्षयता व्यापक बन्दै गएको छ । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured