देश

प्रधानमन्त्री ओलीका सबै सल्लाहकारले दिए राजीनामा

काठमाडौं, कात्तिक २३–प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिएका छन् । ओलीकै निर्देशनमा उनीहरुले शनिबार राजीनामा दिएका हुन् । राजीनामा दिनेमा स्वकीय सचिव इन्द भण्डारीसहित राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र सूचना प्रविधि सल्लाहकार अस्गर अलीले राजिनामा दिएको वालुवाटार स्रोतले जानकारी दियो । योसँगै ओलीको सचिवालयमा नयाँ मान्छे ल्याउन बाटो खुलेको छ ।

पछिल्लो समय प्रधानमन्त्रीको सचिवालयको कामलाई लिएर चर्को आलोचना हुँदै आएको थियो । प्रधानमन्त्रीका सल्लाहकारहरुमाथि मनोमानी गरेको, आसेपासे र आफू निकटलाई राजनीतिक नियुक्ति दिलाउने प्रयास गरेको, सरकारको छवीमा सकारात्मक प्रभाव पार्ने खालका गतिविधि नगरेको आरोप लाग्दै आएको थियो ।

Featured