देश

नामल्समा नयाँ नेतृत्व, केपी सिंह बने अध्यक्ष

काठमाडौं, कात्तिक २३–नेपाल एसोसियसन अफ मेडिकल ल्याबोरेटोरी साइन्सेस् (नामल्स)मा नयाँ नेतृत्व आएको छ । शनिवार काठमाडौंमा सम्पन्न नवौं साधारण सभाले चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय केपी सिंहको अध्यक्षतामा निर्विरोध २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नामल्सको अध्यक्षमा निर्वा्चित भएपछि सिंहले नामल्सभित्रका सम्पूर्ण समस्यालाई समाधान गर्ने र स्वास्थ्य क्षेत्रलाई स्वस्थ अनि सम्मानित बनाउन आफू प्रतिबद्ध भएर लाग्ने बताए । सिंह कान्तिपुर अस्पतालका कार्यकारी निर्देशक पनि हुन् । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुने विधानमा उल्लेख छ ।

शनिवार काठमाडौंमा मुलुकभरबाट मेडिकल साइन्स अध्ययन गरिरहेका विद्यार्थीहरुको उपस्थितिमा विभिन्न विषयमा अन्तक्र्रियासमेत गरिएको छ । अन्तक्र्रियामा नेपालको स्वास्थ्य क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वको समेत सहभागिता थियो ।

Featured