देश

प्रधानमन्त्री ओलीका सबै सल्लाहकारले राजीनामा दिँदै

काठमाडौं, कात्तिक २३–प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकिय सचिवसहित सल्लाहरुकारहरुले राजीनामा दिने भएका छन् । ओलीकै निर्देशनमा उनीहरुले राजीनामा दिन लागेका हुन् । शुक्रबार बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले आफ्ना सबै सल्लाहकारहरुलाई राजीनामा दिन निर्देशन दिएका बुझिएको छ ।

ओलीको निर्देशनसँगै राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, सूचना प्रविधि सल्लाहकार अस्गर अलीलगायतले राजीनामा दिने भएका हुन् ।

‘मंसिरबाट लागू हुने गरी हामीलाई राजीनामा गर्नू भनिएको हो,’ ओलीका एक सल्लाहकारले भने, ‘प्रधानमन्त्रीज्यूको निर्णय हो, हामीले उहाँलाई बाहिरै रहेर पनि सहयोग गर्ने कुरा हुन्छ ।’

Featured