देश

‘राजनीतिक प्रतिशोधले वडा कार्यालयमा डोजर’

जनकपुरधाम, कात्तिक २३–जनकपुर उपमहानगरपालिकाको कुर्था्स्थित २१ नं. वडा कार्यालयमा ‘राजनीतिक प्रतिशोध’का कारण डोजर चलाइएको आरोप लागेको छ । सडक डिभिजन कार्यालय मुजेलियले राजनीतिक दबावका कारण प्रहरी प्रशासन तथा स्थानीयको सहयोगमा वडा कार्यालय भत्काएको आरोप लागेको हो ।

नेपाली काग्रेस र राष्ट्रिय जनता पार्टी समर्थित नेताहरुको दबावमा डोजर चलाइएको तत्कालीन एमालेबाट निर्वा्चित वडाध्यक्ष रामेश्वर महासेठले आरोप लगाए । निर्माणाधीन जनकपुर(लोहारपट्टी सडकखण्डमा परेको भन्दै शनिबार वडा कार्यालय भत्काइएको थियो ।

केही दिनअघि सडक बिस्तारको क्रममा वडा कार्यालयसँगै रहेको राजर्षि जनक माध्यमिक विद्यालयको पर्खाल पनि भत्काइएको थियो । विद्यालय भत्काएपछि सडकमा परेको वडा कार्यालय पनि भत्काउन माग गर्दै विभिन्न चरणमा आन्दोलन भएको थियो ।

कांग्रेस तथा राजपा नेताकार्यकर्ता तथा जिल्ला प्रशासन कार्यालयको दबावमा वडा कार्यालय भत्काइएको वडाध्यक्ष महासेठले बताए । वडा कार्यालय भत्काउने क्रममा वडाध्यक्ष पक्षधर र काग्रेस, राजपाका पक्षबीच २ घण्टा विवाद भएको थियो ।

Featured