भारतविरोधी आन्दोलन अझ सशक्त पानै कार्यकर्तालाई देउवाको निर्देशन काठमाडौं, कात्तिक २३–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट अतिक्रमित नेपाली भूमिबारे भइरहेको आन्दोलन सशक्त पार्न नेवि संघलाई निर्देशन दिएका छन् । आफ्नै निवास बुढानिलकण्ठमा सभापति देउवाले नेवि संघका नेताहरुलाई आन्दोलन थप चर्काउन निर्देशन दिएका हुन् ।
लिम्पियाधुरा, कालीपानी, लिपुलेकलाई भारतले आफ्नो नक्सामा पारेपछि विभिन्न दलका विद्यार्थी संगठनले आन्दोलन गरिहेका छन् । सभापति देउवाले भारतीय नक्सा सच्याउन राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस