देश

कालापानी र लिपुलेक जोगाउन सबै दल एक ठाउँमा

काठमाडौं, कात्तिक २३–नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि भारतीय दाबीको विपक्षमा नेपालका सबै दल एक ठाउँमा उभिएका छन् । उनीहरुले कालापानी र लिपुलेक नेपालकै भएकाले यसबारे भारतसँग गम्भीर छलफल गर्नुपर्नेमा जोड दिएका छन् । गत आइतबार भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो जसमा नेपालको कालापानी र लिपुलेक पनि समावेश छ ।

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी दलका नेताले नेपाली भूभाग जोगाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले कूटनीतिक च्यानलमार्फत यो विवाद हल गर्नुपर्ने बताए । प्रधानमन्त्रीका ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बैठक बालुवाटारमा जारी छ । ओलीले कालापानी र लिपुलेकबारे राष्ट्रिय धारणा बनाउनका लागि सर्वदलीय बैठक बोलाएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक सुरु हुनुभन्दा अगाडि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गरेका थिए । बैठक सुरु हुनुअघि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग छुट्टै छलफल गरेका थिए। बैठकमा पूर्वप्रधानमन्त्रीहरु,बहालवाला मन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु, प्रमुख राजनीतिक दलका प्रतिनिधिलगायत सहभागी छन् ।

Featured