देश

चितुवाको छालासहित ३ जना पक्राउ

जनकपुरधाम, कात्तिक २३–धनुषामा चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका– ५, महेन्द्रनगर बस्ने २८ वर्षीय सुनिल ढुंगेल, ३९ वर्षीय शिवकुमार महतो र धनौजी गाउँपालिका– ४ बस्ने ३६ वर्षीय जयराम मण्डल रहेका छन् ।

सशस्त्र प्रहरी बलको नम्बर ८ गण हेडक्वार्टर धनुषाबाट खटिएको टोलीले शुक्रबार साँझ चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेतीका अनुसार शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई भारततर्फ लैजादै गरेको चितुवाको छालासहित तीन जना पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट २.५ फिट पुच्छरसहित ७.५ फिट लम्बाई र ४र४.५ फिट चौडाइको चितुवाको छाला बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिए । सशस्त्रले पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय धनुषामा बुझाइएको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले पछिल्लो समय अवैध हातहतियार, चाँदीका साथै तस्करीमा समेत कडाइ गरेको छ ।

Featured