देश

पोखराको लेकसिटी मिनी मार्केटमा आगलागी, १ करोड बराबरको क्षति

पोखरा, कात्तिक २३–कास्कीको तालचोकमा रहेको लेकसिटी मिनी मार्केटमा आगलागी भएको छ । हिजो राती लागेको आगो दमकल र पानी टंयाकरको सहयोगमा करिव २ घण्टा पछि नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।

आगलागी वाट ६ वटा पसल ध्वस्त र अन्य आशिंक आगलागी भएका छन् । आगलागीबाट भवन वाहेक करिव १ करोडको क्षती भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

Featured