काठमाडौं, कात्तिक २३–संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालले आफ्नो भूमि नछोड्ने बताएका छन् । शनिबार आफ्नो फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘भारतले बखेडा खडा गरेर छिमेकीसँग निहूँ खोज्नुको कुनै तुक छैन । भारत पछि हटेर छिमेकीसँंगको सम्बन्धलाई न्यानुपन दिनु नै राम्रो हुन्छ ।’
उनले लेखेका छन्, ‘लिम्पियाधुराबाट उत्त्पति भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्य, प्रमाण, कागजात र जीवित मानिसहरुका भनाईबाट प्रष्ट छ । यसमा भारतले बखेडा खडा गरेर छिमेकीसँग निहूँ खोज्नुको कुनै तुक छैन । भारत पछि हटेर छिमेकीसँंगको सम्बन्धलाई न्यानुपन दिनु नै राम्रो हुन्छ । नेपालले छोड्ने कुरै आउँदैन । सिंगो नेपाल एक छ ।’
प्रतिक्रिया दिनुहोस