देश विदेश

कन्फेडेरेसन अफ एसियन जर्ना्लिस्ट युनियनको उपाध्यक्षमा सिलवाल

काठमाडौं, कात्तिक २३–श्रीलंकाको राजधानी कोलोम्बोमा कन्फेडेरेसन अफ एसियन जर्ना्लिस्टस् युनियन (काजु) को औपचारिक घोषणा गरिएको छ । सो सम्मेलनमा श्रीलंका, भारत, पाकिस्तान र नेपालका पत्रकारको सहभागिता थियो । श्रीलंका प्रेस एसोसिएसन (एसएलपिए)ले पत्रकारहरुको क्षेत्रीय युनियनहरुसँग मिलेर केही समयदेखि निष्क्रिय रहेको कन्फेडेरेसन अफ एसियन जर्ना्लिस्टस् एसोसिएसनलाई ब्युँताएको हो ।

कन्फेडेरेसनमा प्राथमिक रुपमा श्रीलंका, भारत, पाकिस्तान र नेपालका पत्रकार युनियन र स्वतन्त्र पत्रकारको प्रतिनिधित्व गर्ने सरोकारवालाको प्रतिनिधित्व छ । सो सम्मेलनमा नवनियुक्त अध्यक्ष मुदिता कारियाकारावानाले यसका सदस्यहरु संस्थालाई दक्षिण एसियाली पत्रकारको साझा मञ्च बनाउन यसलाई पूर्ण रुपमा क्रियाशील बनाउन प्रतिबद्ध रहेको बताए । कारियाकारावाना एसएलपिएका समेत अध्यक्ष हुन् ।

उद्घाटन बैठकमा बोल्दै कन्फेडेरेसेसनका नवनियुक्त महासचिव तथा भारतीय पत्रकार परमानन्द पाण्डेले यस क्षेत्रका पत्रकारको चुनौती समान रहेको बताए । पाण्डे इन्डियन फेडरेसन अफ वर्किङ जर्ना््िलस्ट (आइएफडब्लुजे)का महासचिव हुन् । नवनियुक्त उपाध्यक्ष नेपालका अशोक सिलवालले दक्षिण एसियाका पत्रकारको समस्या समान रहेकोले समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए । सिलवाल स्वतन्त्र पत्रकार हुन् । सार्क मुलुकका पत्रकारहरुको संगठन यो कन्फेडेरेसन पूर्ण सञ्चालनमा आएपछि हरेक मुलुकमा च्याप्टर खुल्ने बताइएको छ ।

Featured