खेलकुद देश

महिला फुटबल टोलीको घोषणा

काठमाडौं, कात्तिक २३–अखिल नेपाल फुटबल संघ (एन्फा)ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि महिला फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक हरी खड्काले २० सदस्यीय फुटबल टोली घोषणा गरेका छन् ।

नेपाली टोलीमा फरवार्डतर्फ सावित्रा भण्डारी, निरु थापा र अनिता केसी रहेका छन् भने डिफेन्समा पुजा राना, मनमाया लिम्मु, कबिता धिमाल, पुजा जर्घामगर, गिता राना पर्न सफल भएका छन् । त्यसैगरी, मिडफिल्डमा बिमला चौधरी, मञ्जलीकुमारी योञ्जन, अनिता बस्नेत, ईन्द्र राई, सरु लिम्बु, दिपा राई र रेनुका नगरकोटी छन् । गोल रक्षकमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर उषा नाथ रहेका छन् ।

Featured