देश

सिएमसी र युनिभर्सिटी अफ बोल्टनबीच सम्झौता

चितवन, कात्तिक २३–चितवन मेडिकल कलेज (सिएमसी) र बेलायतको युनिर्भ्सिटी अफ बोल्टनबीच चिकित्सा शिक्षा क्षेत्रमा काम गर्ने गरी सम्झौता भएको छ । उनीहरुबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल र बेलायतमा मेडिकल शिक्षाको थप विकास गर्ने विषयमा सम्झौता भएको कलेजले जनाएको छ । चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपाने र बोल्टनका डेपुटी भाईस चान्सलर डा. कोन्डल रेडी कन्नडीले सम्झौतापत्र आदानप्रदान गरेका थिए ।

विशिष्ट उपचार, रिसर्च, मानव संसाधन तथा शैक्षिक तालिमको आदानप्रदान लगायतका विविध विषयमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कलेजका अध्यक्ष डा. न्यौपानेले नेपालका चिकित्सकहरूलाई बेलायतमा विशिष्ट तालिम गराई नेपालमा सेवा गÞराउनका लागि यो सम्झौता बुहुआयामिक हुने बताए ।

Featured