देश मनोरंजन

गायक देवेन्द्र बब्लुको ‘बुढाबूढी’ रिलिज

काठमाडौं, कात्तिक २२–नेपाली सांगीतिक क्षेत्रको उदाउँदा नक्षेत्र हुन, गायक देवेन्द्र बब्लु । मीठो स्वरका धनी बब्लु म्युजिक भिडियो निर्देशन गर्नुका साथै थिएटर कलाकार पनि हुन् । हालै उनको आवाज, शब्द र संगीत संयोजन रहेको ‘बुढाबूढी’ बोलको गीत रिलिज भएको छ । बब्लुकै कन्सेप्ट रहेको गीतको भिडियोलाई प्रविन भट्टले निर्देशन गरेका हुन् ।

भिडियोमा बब्लु र संगीताले अभिनय गरेका छन् । विशाल घिमिरेको स्क्रिप्ट रहेको भिडियो अनिल के मानन्धरको छायांकन, प्रविनको सम्पादन र ग्राफिक डिजाइन पवन सिम्खडाको रहेको छ । गीतमा मायालु जोडीको प्रेमिल समयलाई कलात्मक शैलीमा चित्रण गरिएको छ । उनले यसअघि ‘कसरी कसरी’ बोलको गीत सार्वजनिक गरेका थिए । गीतलाई दर्शकले निकै रुचाएका थिए ।

Featured