देश

संखुवासभाका १० मतदानस्थल संवेदनशील

संखुवासभा, कात्तिक २२–आगामी १४ मंसिर १४ गते संखुवासभाका दुई स्थानीय तहमा उपनिर्वाचन हुदैछ । निर्वाचन आयोगले ११ मतदानस्थल मध्ये १० वटा सुरक्षका हिसाबले संम्वेदनशील भएको निर्वाचन कार्यालय खाँदबारीमा प्रमुख चोलाराज दंगालले जानकारी दिए । संखुवासभाका १० मतदान स्थललाई जिल्ला सुरक्षा समितिले संवेदनशीलको सूचिमा राखेको छ । सुरक्षाका हिसाबले १० ओटा मतदान स्थललाई सम्वेदनशील मानिएको प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालले जानकारी दिए ।

प्रजिअ दुलालका अनुसार एक मतदानस्थलको दुई मतदान केन्द्रलाई मात्रै सामान्य संवेदनशीलको सूचिमा राखिएको बताए । संवेदनशील मतदान स्थलमा ९ हजार १ मतदाता छन् भने १३ वटा मतदान केन्द्र छन् । संखुवासभा मकालु गाउँपालिकाका १० वटै मतदान स्थललाई सुरक्षाका हिसावले संवेदनशील मानिएको उनको भनाइ छ ।

Featured