देश

प्रदेश २ मा आइतबार सार्वजनिक बिदा

जनकपुर, कात्तिक २२–प्रदेश २ सरकारले कात्तिक २४ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता दिनेश साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रदेश २ सरकारको क्यालेन्डरमै पनि आइतबार बिदा दिइएको छ ।

Featured