देश

अनेरास्ववियूले भारतीय दूतावास घेर्ने

काठमाडौं, कात्तिक २२-कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नेपाली भूभाग भारतीय नक्साभित्र राखेको भन्दै शुक्रबार बिहानै काठमाडौँमा नेविसंघले प्रदर्शन गरेको छ ।

काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघको अगुवाईमा विरोध प्रदर्शन भएको हो । उनीहरुले नेपाली भूमि मिच्ने भारतीय कदमको कडा विरोध गरेका छन् । भारतीय विस्तारवाद मुर्दावाद्, सीमा मिच्न पाइँदैन, लिपुलेक हाम्रो हो, ‘गो व्याक इण्डिया’ जस्ता नारा लगाएका थिए । नेपाली भूमि मिचेको विषयमा आजै सत्तारुढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूले लैनचौरस्थित दूतावास घेराउ गर्ने भएको छ ।

Featured