देश

जहाज ‘डिले’, यात्रु हैरान

काठमाडौं, कात्तिक २२–त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ३० वटा वायुसेवाले १८ मुलुकमा नियमित उडान गर्छन्। यस्तै आन्तरिकतर्फ चालु ३५ वटा विमानस्थलमध्ये १० वटामा नियमित उडान हुन्छ। १० वटा वायुसेवा कम्पनीले आन्तरिक उडान अनुमति पाएका छन्। दैनिक अन्तर्रा्ष्ट्रिय उडान ९० वटासम्म हुन्छ भने आन्तरिक उडान औसतमा तीन सयवटासम्म पुग्छ। यति व्यस्त विमानस्थलमा थोरै समस्या उत्पन्न हुनेबित्तिकै उडान डिले हुन्छ। त्यसको प्रत्यक्ष मार यात्रुले सहँदै आएका छन्।

भदौ २७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपालगन्जबाट काठमाडौं आउने क्रममा जहाज ढिला उड्यो। ढिलाइ उनकै कारण भएको थियो। उनलाई यात्रुले गालीगलौज गरेको र मन्त्रीमाथि परेको दबाबका कारण सम्बन्धित वायुसेवाले २४ मिनेट ढिलो भएको जानकारी दियो। असोज २७ गते राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले उडान ढिलो भएको आक्रोशमा जनकपुर विमानस्थलस्थित बुद्ध एयरको चेक इन काउन्टर तोडफोड गरे। उनी काठमाडौं आउन लागेका थिए।

कैलालीका शरद ओझा असोज १६ गते नेपालगन्जबाट यती एयरलाइन्सको जहाजमार्फत काठमाडौं आउँदा ६ घण्टा ढिलो भयो। दुई बजेको टिकट लिएका ओझाले बेलुकी ८ बजे जहाजमा उड्न पाए। चैत १९ गते वायुसेवा निगमको अन्तर्रा्ष्ट्रिय उडान चार मिनेट ढिलो हुँदा उडान रद्द भयो। कर्मचारीले समयमै तयारी नगरेको र यात्रुलाई रातभर जहाजमै राखेको विषयमा सरकारी समितिले छानबिन गरी घटनामा संग्लन कर्मचारीलाई कारबाही सिफारिस र्गयो।

कहिले धावनमार्ग मर्मत, कहिले प्राविधिक कारण त कहिले उडान व्यवस्थापन मिलाउने बहानामा दैनिक उडान ढिलो हुने गरेका छन्। पछिल्लो समय आन्तरिक वायुसेवाका उडान तोकिएभन्दा ढिलो हुने गरेको गुनासो यात्रुको छ। बिहान आधा घण्टा मात्रै ढिलो भयो भने त्यसको असर दिनैभर पर्छ। यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured