देश

तीन ठूला नदीमा पानीजहाज सञ्चालनको तयारी

काठमाडौं, कात्तिक २२–सरकारले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको छ । पश्चिमको गण्डकी, मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भाव्यता अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी छ ।

यी नदीमा सरकारले यात्रु तथा मालबाहक जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न लागेको हो । यीमध्ये कतिपय नदीमा सानो आकारका स्टीमरलगायतका यातायात सञ्चालनमा छन् । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured