देश

नेपालमा साओमीको पाँचौं आधिकारिक सर्भिस सेन्टर

काठमाडौं, कात्तिक २१–साओमी ग्लोबल टेक्नोलोजीले नेपालमा अर्को आधिकारिक सर्भिस सेन्टर नारायणघाटमा स्थापना गरेको छ । साओमीले दुई महिनाको अवधिमा पाँचौं सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । यसअघि कम्पनीले काठमाडौं, नेपालगन्ज र इटहरीमा सर्भिस सेन्टर सञ्चालन गरेको थियो ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले साओमीमा नवीनतम् प्रविधिको पहुँच र्पुयाउन केन्द्रित रहेको बताए । साओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा नवीनतम उपायको उत्तम कार्यान्वयनमा प्रयास जारी राख्ने उनको भनाइ छ ।

सर्भिस सेन्टर सञ्चालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनको प्रयोग बढेको छ । सर्भिसको टर्नअराउन्ड समयमा उल्लेखनीय गिरावटसँगै पर्याप्त पहुँच योग्यताले नेपालमा एमआई फ्यानप्रति ब्रान्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Featured