विदेश

आइएसको नयाँ प्रमुखलाई पनि छाड्दैनौं : अमेरिका

काठमाडौं, कात्तिक २१–एक अमेरिकी अधिकारीले इस्लामिक स्टेट (आइएस) को नयाँ प्रमुखलाई छिट्टै ठेगान लगाउने बताए । परिचय गोप्य राख्दै ती अधिकारीले अमेरिकाले उसप्रति कुनै दया नराख्ने बताए । आइएसले अबु बकर अल(बग्दादी मारिएपछि गत साता अबु इब्राहिम अल(हासिमी अल(कुरैसीलाई नयाँ प्रमुख चुनेको थियो ।

ती अधिकारीले स्पष्ट पारे, ‘हामी आइएससँग सम्बन्धित सामाजिक सञ्जालप्रति निगरानी गर्दा उसकै धेरै समर्थकले नयाँ प्रमुखलाई चिन्दैनन् ।’ ती अधिकारीले उक्त व्यक्ति इराक वा सिरियामा भए धेरै दिन लुक्न नसक्ने दाबी गरे । दैनिक भास्करका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता आतंकबादी संगठनको नयाँ प्रमुखको परिचय नलुकेको ट्विट गरे ।

बग्दादीलाई २०१४ मा आइएसको प्रमुख बनाइएको थियो । बग्दादीले संसारमै आतंकबादी आक्रमण गराए । उनी विश्वमै वारेन्टेड थिए । आतंकबादी संगठनले पनि गत साता बग्दादीको सिरियाको इदलिब प्रान्तमा अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएको पुष्टि गरेको थियो ।

Featured