एजेन्सी, कात्तिक २१–चीनले बालबालिकाहरूलाई अनलाइन ‘गेमको’ लतबाट जोगाउनका लागि ‘अनलाइन गेम’ खेल्ने समयमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। अठार वर्षभन्दा मुनिकाहरूले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने व्यवस्था गरिँदैछ।
त्यसबाहेक सामान्य दिनमा डेढ घण्टा र सप्ताहान्त तथा बिदाका बेला तीन घण्टा मात्र अनलाइन खेलको मजा लिन पाउने व्यवस्था मिलाउन लागेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस