विदेश शिक्षा

निजी विद्यालयलाई बढाइएको शुल्क ब्याजसहित फर्काउन आदेश

काठमाडौं, कात्तिक २१–भारतको राजधानी दिल्लीका १२ निजी विद्यालयहरूले बढाएर उठाएको शुल्क ९ प्रतिशत ब्याजसहित फर्काउनुपर्ने भएको छ । दिल्लीको उच्च अदालतका तर्फबाट गठित समितिले जुलाई(अगस्तको अन्तरिम प्रतिवेदन शिक्षा निर्देशनालयलाई हस्तान्तरण गरेको छ । शिक्षा निर्देशनालयले क्षेत्रीय निर्देशकहरूलाई तोकिएका १२ विद्यालयलाई आवश्यक आदेश जारी गर्न अनुरोध गरेको छ ।

शिक्षा निर्देशनालयले सबै क्षेत्रीय निर्देशकहरूलाई यससम्बन्धी एक सर्कुलर जारी गरेको छ । अमरउजालाका अनुसार सर्कुलरमा समितिले दिएको रिपोर्टमा उल्लेख भएअनुसार ब्याजसहित फिर्ता गराउन भनिएको छ ।

समितिले प्रतिवेदनमा पहिचान गरेका १२ निजी विद्यालयहरूले तोकिएको वार्षिक ब्याजसहित रकम फिर्ता गर्नेछन् । यसै सन्दर्भमा निर्देशनालयले सम्बन्धित क्षेत्रीय निर्देशकहरूलाई तोकिएका निजी विद्यालयहरूलाई समितिको सिफारिसअनुसार आवश्यक आदेश जारी गर्न भनेका छन् ।

समितिको सिफारिस पालनाको सुनिश्चत गर्न सिफारिस कार्यान्वयन भएको रिपोर्ट पनि प्रस्तुत गर्न भनिएको छ । विद्यालयमा शुल्क बढाउनुपर्ने कारण पत्ता लगाउन समयसमयमा बनाइएका समितिले समीक्षा गरेर आफ्नो रिपोर्ट दिने गर्छन् ।

Featured