देश

दाङ–३ ‘ख’ मा प्रदेशसभा सदस्यका लागि १४ जनाको उम्मेदवारी

बुटवल, कात्तिक २१–दाङ–३ ‘ख’ मा आगामी १२ मंसिरमा हुन गइरहेको प्रदेशसभा उपनिर्वाचनका लागि १४ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपाबाट प्रदेशसभामा विजयी भएका उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुँदै छ । मनोनय दर्ताको दिन नेकपाकी नेतृ विमला वली, कांग्रेसका केशवकुमार शर्मालगायतका १४ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

नेकपाले उत्तरकुमार वलीकी श्रीमती विमला वलीलाई उम्मेदवार बनाएको छ । त्यस क्षेत्रका विकासप्रेमी नेताको छवि बनाएका उत्तरकुमार वलीको सपना पूरा गर्न पनि चुनावी मैदानमा उत्रिएको विमलाले बताइन् । उनले दाङको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको समेत बताइन् ।

कांग्रेस उम्मेदवार अचार्यले सरकारको गलत क्रियाकलापका विरुद्ध लड्न आफू चुनावी मैदानमा उत्रिएको प्रतिक्रिया दिए । नेकपाले अहिले गरेका कामहरू जनमुखी नभएको र त्यसका विरुद्ध आवाज उठाउने समग्र दाङको विकासका लागि आफूले उम्मेदवारी दर्ता गरेको बताए ।

Featured