देश

बैतडीमा मोदी र परराष्ट्रमन्त्री ज्ञवालीको पुत्ला दहन

डडेल्धुरा, कात्तिक २१–बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको पुत्ला दहन गरिएको छ । भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेत समाबेश गरेको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको हो भने नेपालले कूटनीतिक पहल चाल्नमा ढिलाइ गरेको भन्दै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको पनि पुत्ला दहन गरिएको हो ।

डोटेली कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको राताशिला चिहानघाटमा मोदीको पुत्ला दहन गरेको स्थानीय राजेश धामीले जानकारी दिए । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग हाम्रो हो,’ उनले भने ‘भारतीय विस्तारवाद मूर्दावाद, नरेन्द्र मोदी मूर्दावाद’ को नारा लगाउँदै उनीहरूले पुत्ला दहन गरिएको हो ।’

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ । भारत सरकारले मिचेर सार्वजनिक गरेको नक्साप्रति नेपाल सरकारले आपत्ति जनाइसकेको छ ।

Featured