देश

चोभारबाट तीन जना लुटेरा पेस्तोलसहित पक्राउ

काठमाडौं, कात्तिक २१–प्रहरीले चोभारबाट लुटेरा समूहका तीन जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का रहेका छन् । उनीहरूलाई महानगरीय अपराधघ महाशाखाको टोलीले चोभारबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट अमेरिकी ब्राण्डको पेस्तोल एक थान र त्यसमा लाग्ने ५ थान गोली समेत बरामद भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनका अनुसार उनीहरुबाट एउटा बा१७च ८३६४ नम्बरको निजी कार र केही परिमाणमा लागूऔषधसमेत बरामद गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनको भनाइ छ ।

Featured