मनोरंजन विदेश

अमिताभ बच्चनले पहिलो फिल्ममा कति पाएका थिए पारिश्रमिक ?

एजेन्सी, कात्तिक २१–बलिउडका महानायक अमिताभ बच्चन फिल्मी दुनियाँमा प्रवेश गरेको ५० वर्ष पूरा गरेका छन् । आधा शताब्दीदेखि बलिउडमा राज गर्न सफल भएका छन् । आजकै दिन अर्थात ७ नोभेम्बर १९६९ मा अमिताभ बच्चनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ रिलिज भएको थियो र त्यसयता उनले कहिल्यै पछि फर्किनुपरेको छैन ।

उनको सन् १९६९ देखि सुरू भएको यात्रा आजसम्म सफलताको नयाँ नयाँ खुट्किलो पार गरिरहेको छ । आफ्नो सुरुवाती समयमा उनले फिल्म पाए पनि पारिश्रमिक निकै कम पाएका थिए ।

यो फिल्म ‘सात हिन्दुस्तानी’ मा उनले ५ हजार मात्रै तलब पाएका थिए । यो फिल्म ख्वाजा अहमद अब्बासले लेखेका थिए भने निर्माता र निर्देशक पनि उनी नै थिए । यो फिल्ममा उत्पल दत्त, मधु, एके हंगलसहित अमिताभ बच्चनले मुख्य भूमिका निभाएका थिए ।

Featured