देश

कर्णाली प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

सुर्खेत, कात्तिक २०–कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पदभार ग्रहण गरेका छन् । कार्यभार सम्हालेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संविधानको अक्षरशः पालना गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

‘म नेपाल सरकारको प्रतिनिधिको रुपमा कर्णाली प्रदेश आएको हुँ । सबै पक्षसँग सहकार्य गरी अगाडि बढ्ने छु,’ उनले भने । उनले सबै मिलेर कर्णालीलाई देशकै विशिष्ट प्रदेश बनाउनुपर्ने बताए ।

पदभार ग्रहण कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढा लगायत उपस्थित थिए । कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीले कलौनीलाई कर्णाली प्रदेशको अवस्थाबारे जानकारी गराएका थिए ।

Featured