देश

सीमा अतिक्रमणको विरोधमा ’गो ब्याक इन्डिया’को नारा

काठमाडौं, कात्तिक २०–लिपुलेक, कालापानीलगायतका नेपाली भूभागलाई भारतले आफ्नो नयाँ नक्सामा समेटेको विषयमा चौतर्फी विरोध भइरहँदा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू पनि सडकमा ओर्लिएको छ । नेपाली भूभाग कब्जाको शैलीमा भारतीय नक्सामा समेटिएको भन्दै अनेरास्ववियूले बुधबार विरोर्ध याली आयोजना र्गयो । प्रदर्शनमी मार्गबाट सुरू भएर्को याली बागबजारको मुखमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणासभामा अनेरास्ववियूका संयोजक ऐन महरले भारतले हालै सार्वजनिक गरेको नक्सा तुरून्तै खारेज गर्न माग गरे । ’कालापानी, लिपुलेक हाम्रो भूमि हो । हाम्रो भूमि भारतले कब्जाको शैलीमा उसको नक्साभित्र राख्न पाउँदैन । यस विषयमा सरकारले तुरुन्तै संवाद गरोस्,’ महरको माग थियो ।

महरले आज प्रतिकात्मक विरोध गरिएको र नक्सा नसच्याए चरणवद्ध आन्दोलन गर्ने जानकारी दिए । अनेरास्ववियूले सामाजिक सञ्जालमा ’गो ब्याक इण्डिया’ ह्यास ट्याग राखेर विरोधको सुरूवातसमेत गरेको छ । त्यस्तै सत्तारुढदेखि विपक्षी पार्टी तथा जनता सबैले सामाजिक सञ्जालबाट उक्त नक्साका बारेमा सर्वत्र विरोध जनाइरहेका छन् । सामाजिक सञ्जालमा भारतीय हस्तक्षेपको विरोध गर्दै ३द्यबअपइााक्ष्लमष्ब अभियान पनि सुरू गरिएको छ ।

Featured