देश

कालापानी हाम्रो हो, भारतको एकपक्षीय निर्णय स्वीकार्य छैनः नेपाल सरकार

काठमाडौं, कात्तिक २०–भारत सरकारले एकतर्फी रूपमा सार्वजनिक गरेको नक्साप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । नक्सामा नेपाली भूभाग कालापानी भारतको जमिन भएको देखाइएको छ । नेपालको परराष्ट्र मन्त्रालयले भारत सरकारले हालै सार्वजनिक गरेको नक्साप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ, नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरूबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरूको समाधानका लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरूले काम गर्ने गरी जिम्मेवारी दिइएको छ, दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Featured