देश

प्रदेश २ का प्रमुखद्वारा पदभार ग्रहण

काठमाडौं, कात्तिक २०–प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले पदभार ग्रहण गरेका छन् । बुधबार जनकपुर आइपुगेका प्रमुख परियारले मधेस भवन पुगेर पदभार ग्रहण गरेका हुन् । सरकारसँग मिलेर अघि बढ्ने बताउँदै प्रदेश प्रमुख परियारले पारित भएका विधेयक अध्ययन गरी प्रमाणित गर्ने बताए । ‘अब शान्ति र अमनचयनका लागि काम गर्नु आवश्यक छ,’ उनले भने ।

प्रदेश प्रमुख परियारलाई जनकपुर विमानस्थलमा समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतले स्वागत गरेका थिए ।

Featured