देश

ब्राउन सुगरसहित धनगढीबाट दुई जना पक्राउ

धनगढी, कात्तिक २०–प्रहरीले धनगढीबाट ४ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ का २५ वर्षीय सञ्जय चौधरी र वडा नम्बर १३ का २० वर्षीय अनिल राना रहेका छन् ।

उनीहरूलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ स्थित त्रिनगर भन्सार गेटअगाडि भारतबाट नेपालतर्फ आइरहेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिए । बरामद भएको लागूऔषध र उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको कार्कीको भनाइ छ ।

Featured