विदेश

भारी वर्षाका कारण वासिङ्टन डिसी डुबानमा।

वासिङटन डिसी, एएफपी, असार २४– अमेरिकामा अत्यधिक बर्षाका कारण वासिङ्टन डिसी डुवानमा परेको छ। वासिङ्टन डिसी र यस आसपास क्षेत्रमा सोमबार अत्यधिक बर्षाका कारण डुवानका साथै विधुतीय र यातायात सेवा अवरुद्ध भएको हो।

अमेरिकाको राष्ट्रिय मौसम सेवा कार्यालयले उक्त क्षेत्रमा बाढी आउने सक्ने संकेत समयमै सबैलाई दिएकाले बाढीको कारण मानवीय क्षति भने भएको छैन। बाढीबाट सडक तथा घरहरु डुबेका छन्। अमेरिकाको राजधानीमा रहेको रोनाल्ड रेगन विमानस्थलमा ३.३ इन्चसम्म पानी भरिएकाले विमान सेवाका साथै रेल सेवा पनि प्रभावित भएको त्यहाँ अधिकारीहरुले जनाएका छन्।

अचानक आएको भरि बर्षा र बाढीका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ। सुरक्षाकर्मी र उद्धारकर्ताहरूले बाढीमा परेकालाई उद्धारको प्रयास गरिरहेका छन्। कतिपय प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस समेत पानीबाट प्रभावित भएको थियो र महत्वपुर्ण दस्तावेजहरु रहेको कार्यालय पनि बाढीमा परेको जनाइएको छ। –एएफपी

Featured