देश

अपहरणकारीलाई गोली हानेर बालकको उद्धार

वीरगञ्ज, कात्तिक २०–१० दिनदेखि अपहरणमा परेका एक बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । अपहरण गरी फिरौती रकम माग गरिरहेका व्यक्तिलाई पर्सा प्रहरीले गोली हानी नियन्त्रणमा लिँदै बालकको सकुशल उद्धार गरेको हो । पर्साको सिर्सिया खल्वाटोलामा प्रहरीले चलाएको गोलीबाट पर्साको पोखरिया नगरपालिका–८ सोनवारी हरुवाटोलका राजकुमार दास घाइते भएको स्थानीयले बताए । दाससँगै प्रहरीले एक किशोरलाई पनि पक्राउ गरेको छ । ती व्यक्ति को हुन् भन्ने विषयमा भने प्रहरीले केही खुलाएको छैन ।

’१० दिनदेखि अपहरित बालकलाई सकुशल उद्धार गर्न सकिएको छ । अपहरणकारीलाई पनि एक गोली हानी नियन्त्रणमा लिन सफल भयौं,’ पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने । प्रहरीको गोलीबाट घाइते दासको भने अहिले वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

Featured