देश

प्रदेश प्रमुखको बर्खास्ती स्वभाविक :प्रचण्ड

दाङ, कात्तिक २०–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताएका छन् । उनले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने बताए। प्रेस सङ्गठनले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार तयार पारेको जिकिर गरे ।

अध्यक्ष दाहालले सरकारले केही दिनअघि गरेको प्रदेश प्रमुखको नयाँ नियुक्तिलाई समेत सामान्य भएकोे प्रतिक्रिया दिए । “सरकारले लचिलो भएर मात्रै उहाँहरुलाई दुई वर्ष काम गर्न दिएको हो, होइन भने पहिले नै पदमुक्त गर्न सकिन्थ्यो, सबैसँग मिलेर जाऊँ भनेर केही समय काम गर्न दिएको हो,” उनले भने । उनले उपनिर्वाचन सफल बनाउन नेतार लाग्न अनुरोध गर्न दाङ आएको बताए । “उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ”, उनले भने, “सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।”

Featured