देश

व्यक्तिगत कोड अरुलाई नदिन टेलिकमको आग्रह

काठमाडौं, कात्तिक १९–नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत ‘एक्टीभेसन कोड’, ‘ओटीपी’, ‘पिन नम्बर’, सेक्युरिटी कोड’ लगायतका कोड सुरक्षित राख्न आग्रह गरेको छ।

‘एक्टीभेसन कोड, ओटीपी, पिन नम्बर, सेक्युरीटी कोड लगायतका कोड महत्वपूर्ण छन,’ टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य भन्छिन, ‘यस्तो कोड प्रयोगकर्ताको व्यक्तिगत गोपनीयतासँग जोडिएको छ।

यस्ता कोड अन्य व्यक्तिलाई उपलब्ध गराउँदा सेवाग्राहीको गोपनियता तथा दुरसञ्चार सेवा प्रयोगमा समेत असर पर्न सक्छ।’ व्यक्तिगत विवरण अन्य व्यक्तिलाई उपलब्ध गराउँदा मोबाइलको ब्यालेन्स चोर्ने, टेलिकमको एप्समा पहुँच राखेर सूचना पनि लिन सक्ने कम्पनीले जनाएको छ।

Featured