देश विदेश

नेपाल आतंकवादी संगठनको केन्द्र बन्न सक्छ :अमेरिका

एजेन्सी, कात्तिक १९–अमेरिकाले भारतको आतंकवादी समूह मुजाहिद्दिनले नेपालमा बसेर आतंकवादी गतिविधि सञ्चालन गरिरहेको दाबी गरेको छ । आतंकवादसम्बन्धी एउटा प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी विदेश मन्त्रालयले नेपाल मस्लिम समुदाय निकट आतंकवादी संगठन मुजाहिद्दिनको क्रिडास्थल बनेको दाबी गरेको हो । नेपाल भारतको खुला सिमाना र एकमात्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा सतर्कताका कारणले नेपाल अन्तर्रा्ष्ट्रिय आतंकवादी समूहको केन्द्रविन्दु बन्नसक्ने प्रतिवेदनमा उल्लेख छ ।

मुजाहिद्दिनले भारतमा दर्जनौं बम आक्रमण गरिसकेको छ जसमा सयौं भारतीय नागरिक मारिएका छन् । यो संगठनले पाकिस्तानी आतंकवादी समूह लस्कर ए–तैयबा, जैश–ए–मोहम्मद र हर्कत अल–जिहादसँग पनि द्विपक्षीय सम्बन्ध राख्दै आएको प्रवितदेनमा दाबी गरिएको छ ।

‘भारतीय मुजाहिद्दिन (आइएम)को लक्ष्य भनेको भारतीयहरुमाथि आक्रमण गर्नु रहेको छ, प्रतिवेदनमा भनिएको छ, ‘मुसलमानमाथि भारतमा भएको दमनको बदला लिनु उनीहरुको लक्ष्य हो । यसका लागि आइएमले नेपालमा आफ्नो अपरेशनको क्षेत्र विस्तार गरेको छ । नेपाल अहिले आइएमका लागि सबैभन्दा ठूलो केन्द्र हो ।’

नेपाल मुजाहिद्दिनको क्रिडास्थल भएको दाबी गरिए पनि सन् २०१८ मा नेपालमा संघीय र स्थानीय निर्वाचनका क्रममा छिटपुट घरेलु घटनाबाहेक अन्तराष्ट्रिय आतंकवादी घटना नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Featured