देश

इ–सेवाको बम्पर उपहार विजेतालाई यामाहा मोटरसाइकल

काठमाडौं, कात्तिक १९–नेपालको पहिलो पेमेन्ट गेटवे इ(सेवाले दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका विजेता सार्वजनिक गरेको छ । योजनाको बम्पर उपहारअन्तर्गत मकवानपुरका लेखनाथ पौडेलले यामाहाको एफजेडएस एफआइ भिथ्रि मोटरसाइकल जितेका छन् ।

यसैगरी अर्को बम्पर उपहारमा काठमाडौँ रामकोटका किरण घलेले एक साताको लागि एक जोडीलाई दुबई ट्रिप जिते । यस उपहार योजनामा ३ सय ५० जनाले विभिन्न भाग्यशाली उपहार जितेको इसेवाको सूचना तथा सञ्चार शाखाले जनाएको छ । ६ हप्तासम्म सञ्चालन भएको उपहार योजनामा हरेक हप्ता ५८ जनाले विभिन्न उपहार जित्दै आएका थिए ।

यस उपहार योजनामा केफसीको उपहार कुपन हरेक हप्ता १६ जनाका दरले ६ हप्तासम्म ९६ जनाले जित्न सफल भए । यसैगरी उपहार योजनाभर युएफओका तर्फबाट ९६, मिनिसोका तर्फबाट ४८, प्रिती क्लिकको सपिङ भौचर १८ जनाले जितेका छन् । यस्तै दुल्लाको वालेटमा १० जना, लाटिदोको ब्याग ६ जनाले तथा ओयो रूम ६ जनाले पुरस्कारस्वरुप प्राप्त गरे ।

शाखाका अनुसार क्यास्पर की, इ ईस्क्यान, एम सेक्युरिटिज र वार्ड्विजका एन्टिभाइरस १२ जनाका दरले जितेका छन् । यसैगरी सिजिका टेलिभिजन ६ जनाले, भायानेटको इन्टरनेट ३ जनाले तथा चियर्सको गिफ्ट भौचर ६ जनाले जित्न सफल भएका छन् । असोज १ गतेदेखि कार्तिक १६ गतेसम्म इसेवामार्फत कारोबार गर्ने हरेक व्यक्ति यस उपहार योजनामा सहभागी भएका थिए । इसेवामा हाल ५६ वटा बैंक तथा वित्तीय संस्था तथा ७० हजारभन्दा बढी मर्चेन्ट आवद्ध छन् ।

Featured