देश मनोरंजन

आस्था र क्रिसलाई लिटिल कोशीको उपाधि

विराटनगर, कात्तिक १९–इनरुवाकी १२ वर्षीया आस्था राजभण्डारी र धनकुटाका १४ वर्षीय क्रिस चेम्जुङले ‘मिस्टर एण्ड मिस लिटल कोशी २०१९’ को उपाधि जितेका छन् । आस्था मिस र क्रिस मिस्टरतर्फको विजेता घोषित भएका हुन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा इटहरीमा सोमबार सम्पन्न सो प्रतियोगितामा मिसतर्फको फस्ट रनरअप विराटनगरकी ७ वर्षीय अग्रिम खतिवडा तथा सेकेण्ड रनरअप इनरुवाकी १३ वर्षीया सृष्टि श्रेष्ठ घोषित भए ।

प्रतियोगिताको ‘अर्गनाइजर च्वाइस’ इनरुवाकी १५ वर्षीया एलिना गुरुङ तथा सर्वोत्कृष्ट पनि इनरुवाकै स्मृति विश्वकर्मा घोषित भइन् । विजेताले जनही नगद ३० हजार रुपैयाँका साथै आकर्षक ट्रफी प्राप्त गरेका छन् । मिस्टरतर्फको फस्ट रनरअप इनरुवाका १३ वर्षीय आर्यन कर्ण र सेकेण्ड रनरअप इनरुवाकै १४ वर्षीय समय सुब्बा भए ।

स्कुले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनलमा २९ जना प्रतियोगीहरू पुगेको जय मिडिया म्यानेजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए । प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता सलोन बस्नेत, मिस कोशीकी विजेता रेखा कार्की, मिसेस कोशीकी विजेता रेनुका लिम्बू र व्यवसायी रोशन घिमिरे रहेका थिए ।

Featured