देश

पासाङ ल्ह्यामु शेर्पाकी छोरी दावाफुटी बनिन् स्पेनकी राजदूत।

काठमाडौ, असार २४ राष्ट्रिय विभूती पासाङ ल्हामुकी छोरी दावाफुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत बन्ने भएकी छन्। सोमबार बसेको संसदीय सुनुवाइ समितिबाट अन्य तीन जनासँगै दावाफुटी पनि राजदूतमा अनुमोदन भएकी हुन्। उनी प्रधानमन्त्री ओलीको कोटामा राजदूत सिफारिस भएकी हुन्।

नेपालको आन्तरिक र कूटनीतिक मामिलाबारे त्यतिधेरै जानकारी नराख्ने दावाफुटीलाई प्रधानमन्त्री ओलीले आङछिरिङसँगको सम्बन्धका कारण राजदूत सिफारिस गरेको चर्चा भएको थियो। दावाफुटी शेर्पा पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन्।

गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित यति एयरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पाको पनि निधन भएपछि एयरलाइन्सको जिम्मेवारी उनका दाजु लाक्पा सोनाम शेर्पाले सम्हाल्दै आएका छन्।