देश

पाटेबाघले फेरि मान्छे मार्यो

बर्दिया, कात्तिक १९–बर्दियामा पाटेबाघले मान्छे मारेको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर गाउँका ४५ वर्षीय मंगरु थारुलाई बाघले आक्रमण गरी मारेको हो । बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनका अनुसार आक्रमणमा ज्यान गुमाउने थारु बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी हुन् ।

एक महिना नबित्दै बाघको आक्रमणमा फेरि अर्का व्यक्तिको ज्यान गएको हो । मृतक थारू निकुञ्जको हात्तीसारमा हात्ती रेखदेख गर्ने माहुते हुन् । मंगलबार दिउँसो हात्तीका लागि घाँस लिन जंगल गएको बेला बाघको आक्रमणमा परेकोे निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । यो क्षेत्रमा पाटेबाघले ६ जना मान्छे मारिसकेको छ ।

Featured