देश राजनीति

समाजवादीसँग तालमेल गर्ने राजपाको निर्णय

काठमाडौं, कात्तिक १९–राष्ट्रिय जनता पार्टी (राजापा) नेपालले १४ मंसिरमा हुने उपनिर्वाचनमा सत्तारुढ घटक समाजवादी पार्टीसँग तालमेल गर्ने निर्णय गरेको छ । राजपा नेपाल अध्यक्ष मण्डलको मंगलबार बसको बैठकले उपनिर्वाचनमा उम्मेदवार चयन गर्नुपूर्व समाजवादी पार्टीसँग तालमेल गर्ने निर्णय गरेको प्रवक्ता केशव झाले बताए ।

यस्तै, पार्टी विधानमा संशोधन गरी प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तदर्थ समितिको सख्या ७१ पुर्याउने निर्णय भएको छ । राजपा अध्यक्ष मण्डलको बैठकले उपनिर्वाचनमा उम्मेदवारको चयन अर्को बैठकले गर्ने निर्णय गरेको छ ।

Featured