देश

दुई दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाको उद्दार

सुर्खेत, कात्तिक १९–दुई दिनदेखि सुत्करी व्यथा लागेर थलिएकी मुगु मुगुमका मारोङ्ग गाउँपालिका–८ माग्री गाउँकी ३४ वर्षीया कार्मायाङ्गजुम लामा हेलिकप्टरमार्फत उद्दार गरिएको छ । आइतबारदेखि सुत्केरी हुन नसकेर छटपटाइरहेकी उनको हेलिकप्टरबाट उद्दार गरेर प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो ।

दुई दिन लामो समयको सुत्केरी ब्यथाबाट स्वास्थ्य अवस्था कमजोर भएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकप्टरबाट उद्दार गरेर प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको प्रदेश अस्पताल सुर्खेत जनाएको छ ।

सुत्केरी हुन नसक्दा लामाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार गत वैशाखदेखि हालसम्म पाँच जना महिलाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।

Featured